News & Events

  • Home
  • ट्रिटनद्वारा आर्थिक सहयोग
Image
  • Sep 01, 2026

ट्रिटनद्वारा आर्थिक सहयोग

राष्ट्रिय विपद्को यस घडीमा यथाशक्ति आर्थिक सहयोग गरौँ, सँगै उभिऔँ र ऐक्यबद्धता जनाऔँ

ट्रिटन मा.वि. तथा कलेज, भोटेकोशी नदीमा मिति २०८३ भदौ १० गते बुधबार आएको आकस्मिक तथा विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछ।

यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, आफ्ना प्रियजन, घर, सम्पत्ति तथा जीविकोपार्जनका साधन गुमाउनुभएका तथा अझै सम्पर्कविहीन परिवारहरूप्रति हाम्रो हार्दिक ऐक्यबद्धता रहेको छ।

बाढी प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले, मिति २०८३ साल भदौ १४ गते बसेको कलेज बोर्ड बैठकको निर्णयअनुसार यस संस्थामा कार्यरत पदाधिकारी, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको भदौ महिनाको मासिक तलबबाट एक दिनको तलब तथा संस्थाको थप रकमसमेत गरी जम्मा रु. २,२२,२२२।– (अक्षरेपी: दुई लाख बाइस हजार दुई सय बाइस रुपैयाँ मात्र) प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको जानकारी गराइन्छ।

विपद्बाट प्रभावित सम्पूर्ण परिवार, विद्यार्थी, शिक्षक, विद्यालय, समुदाय, स्थानीय बासिन्दा तथा नागरिकहरूप्रति हामी पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौँ।

आउनुहोस्, सतर्क रहौँ, सुरक्षालाई प्राथमिकता दिऔँ, एक–अर्कालाई सहयोग गरौँ र विपद्मा परेकाहरूको उद्धार, राहत तथा पुनर्स्थापनामा हातेमालो गरौँ।

मदन शाक्य
प्राचार्य
ट्रिटन मा.वि. तथा कलेज परिवार